ad ad

समाज


गोठाटार गोली प्रकरण : भारतीय नागरिकसहित दुई जना पक्राउ

गोठाटार गोली प्रकरण : भारतीय नागरिकसहित दुई जना पक्राउ

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १७:८, काठमाडौँ

काठमाडौँको गोठाटारबाट प्रहरीले पेस्तोल र लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएकोमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्।

लागुऔषध तथा पेस्तोलसहित रहेका भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले बताए।

करिमको दाहिने तिघ्रामा गोली लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ। करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल बरामद गरेको छ।

यस्तै, डिजीटल तराजु थान–१ र नगद रू५० हजार समेत बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै उनको साथबाट दुई सय ग्राम लागुऔषध ब्राउनसुगर पनि बरामद भएको एसपी रेग्मीले बताए।

घटनामा संलग्न रहेका झापाको कचनकवल गाउँपालिका–७ स्थायी वतन भएका वर्ष ३७ को हर्कबहादुर लिम्बु समेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका हर्कबहादुर लिम्बु २०७४ चैत २९ गते मानव बेचबिखन मुद्दामा कारबाही भई ५ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .