ad ad

समाज


सर्लाहीमा तीव्र गतिको मोटरसाइकल बिग्रिएको ट्रकमा ठोक्किँदा २ युवाको मृत्यु

सर्लाहीमा तीव्र गतिको मोटरसाइकल बिग्रिएको ट्रकमा ठोक्किँदा २ युवाको मृत्यु

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ११:४७, सर्लाही

सर्लाहीको लालबन्दीमा तीव्र गतिको मोटरसाइकल बिग्रेर सडकमा रोकि राखेको भारतीय ट्रकका ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी- १७ स्थित कालिञ्जोर पुल नजिक गएराति बीआर ०६ जीडी ३१४१ नम्बरको भारतीय ट्रकमा प्रदेश-२ -०३-००४ प ३५५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएकाे हाे।

दुर्घटनामा सर्लाहीकै हरिवन नगरपालिका- ११ का दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

मृत्यु हुनेमा हरिवन- ११ का २८ वर्षीय मुकेशकुमार गुप्ता र साेही ठाउँका ३५ वर्षीय सुनिलकुमार गुप्ता छन्। प्रहरीका अनुसार मुकेश मोटरसाइकल चालक हुन् भने सुनिल पछाडि सवार थिए। 

राति करिब १० बजे ट्रक बिग्रिएपछि गाडी सडकमै छाडेर चालक र सहचालक मर्मतको लागि मिस्त्री खोज्न लालबन्दी बजारतर्फ गएकाे बेला घटना भएको प्रहरीले जनाएको छ। उनीहरु जनकपुरबाट सर्लाही फर्किंदै गर्दा घटना भएको आफन्तले जनाएका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका मुकेशलाई उपचारको लागि महोत्तरीको बर्दिबास लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव हाल बर्दिबासमै  छ। सुनिलको शव भने परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। 

रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकल चालकले अगाडिको दृश्य राम्ररी नदेख्दा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय लालबन्दीले ट्रक चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .