ad ad

समाज


जाजरकोट भूकम्प : रुसी राष्ट्रपति पुटिनले पठाए सहानुभूति सन्देश

जाजरकोट भूकम्प : रुसी राष्ट्रपति पुटिनले पठाए सहानुभूति सन्देश

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १९:२१, काठमाडौँ

 

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेपछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सहानुभूति सन्देश पठाएका छन्। 

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा सयभन्दा धेरैको मृत्यु र सयौँ घरमा क्षति पुगेको छ।

यस्तोमा राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश पठाउँदै यस दु:खद क्षणमा गहिरो समवेदना व्यक्त गरेका छन्। 

उनले पीडित परिवार र प्रभावित क्षेत्रका बासिन्दाका लागि सहानुभूति प्रकट गर्दै उनीहरूको यो पीडाको घडीमा आफूहरूको साथ रहने बताएका छन्। 

उनले यस प्राकृतिक विपद्‍बाट प्रभावित सबैजना घाइतेहरूको पनि शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .