जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा हिमा गाउँपालिका-१ घर भएका अटो चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँका ४२ वर्षीय बली रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।
दुर्घटनामा हिमा गाउँपालिका-१ देयारगाउँ बस्ने ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते भएका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।
भे.१.ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेको छ।
108
Shares
प्रतिक्रिया