ad ad

समाज


२० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

२० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १९:१५, काठमाडौँ

बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१८ घर भई हाल काठमाडौंको कलंकी बस्ने वर्ष ५१ को गणेशमान श्रेष्ठ रहेका छन्।

श्रेष्ठले अम्बर बहादुर राईको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुले २०७९ फागुन १६ गते सात दिन कैद र बिगो रू २० लाख रुपैयाँ जरीवाना तोकिएको थियो।

फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध कार्यालयबाट खटिएको टोलीले कात्तिक १८ गते चावहिलबाट पक्राउ गरेको हो। उनलाई आज (१९ कात्तिक) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .