काठमाडौंको लाजिम्पाटस्थित कल सेन्टरमा अनलाइन जुवा खेलाउने गरेको पाइएको छ। काठमाडौं प्रहरी परिसरले छापा मार्दै अनलाइन जुवा खेलाउने दुई भारतीयलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले छापा मारेर भारतको महाराष्ट्र राज्य मुम्बई घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरब देसाई, काठमाडौं–३ का ४७ वर्षीय राजीव शर्मा पाण्डेलाई पक्राउ गरेको हो।
कल सेन्टरबाट २९ थान डेस्कटपसमेत बरामद भएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
उनीहरूले लाजिम्पाटस्थित बाबुराजा नकर्मीको घर भाडामा लिएर कल सेन्टर सञ्चालन गर्ने भनेका थिए। तर कल सेन्टरमा अनलाइन जुवा खेलाउने गरेको पाइएको एसपी ढुंगेलले बताए।
उनीहरूविरुद्ध प्रहरीले सट्टाबाजीसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
96
Shares
प्रतिक्रिया