ad ad

समाज


आरती साह प्रकरण : धनुषाका प्रहरी प्रमुख खड्का हेडक्वार्टर तानिए

आरती साह प्रकरण : धनुषाका प्रहरी प्रमुख खड्का हेडक्वार्टर तानिए

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १२:२२, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ।

प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई सोमबार जिम्मेबारीबाट हटाएर काठमाडौं तानेको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा खड्कालाई धनुषा प्रमुखबाट फिर्ता बोलाइएको हो। 

आरती साहको मृत्यु प्रकरणका कारण उनलाई जिम्मेवारीबाट मुक्त गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ।

माइतीघरमा आन्दोलन गरिरहेका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएका थिए। 

उनीहरुको अडानकै कारण गृहमन्त्रालयले खड्कालाई फिर्ता गर्न निर्देशन दिएको हो। 

सोमबार पनि गृहमन्त्री श्रेष्ठले वार्तामा आउन आग्रह गर्दा पीडित परिवारले एसपी साहलाई हटाउन माग गरेका थिए। 

गत जेठ ७ गते साह आफ्नै घरमा मृत भेटिएकी थिइन्। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। 

तर मुद्दा कमजोर बनाएको र अनुसन्धानमा लापरबाही गरेको भन्दै आरतीका परिवारले आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .