ad ad

कला


गायक हेमन्त शर्माले दिए नेपाली क्रिकेट टिमलाई ५० हजार रुपैयाँ पुरस्कार

गायक हेमन्त शर्माले दिए नेपाली क्रिकेट टिमलाई ५० हजार रुपैयाँ पुरस्कार

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १२:५०, काठमाडौँ

गायक हेमन्त शर्माले नेपाली क्रिकेट टिमलाई ५० हजार रुपैयाँ दिएका छन्।

उनले मंगलबार क्रिकेट टिमका कप्तान रोहित पौडेल र खेलाडी कुशल भुर्तेललाई भेटेर पूर्वघोषित रकम हस्तान्तरण गरेका हुन्।

शर्माले फेसबुकमा स्टाटस लेख्दै रकम हस्तान्तरण गरेकोबारे जानकारी दिएका छन्।

‘अस्ति बोलेको कुरा पूरा गर्दा खुसी मिल्यो। उहाँहरूसँग मीठा कुराकानी पनि भए। खुसी त त्यतिबेला अझ दोब्बर भयो जब उहाँहरूले दाइको यो सहयोगमा हामीले अरू थपेर अस्ति रातिको भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुनाराको घर मर्मतका निम्ति पठाउँछौँ भन्नुभयो,’ उनले फेसबुकमा लेखेका छन्।

जाजरकोट केन्द्रबिन्दु गरी शुक्रबार राति गएको भूकम्पले क्रिकेटर अनुज चुनाराको घर क्षतिग्रस्त भएको छ।

शर्माले आईसीसी टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई हराएपछि ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए। यूएईसँगको खेल जित्दै नेपाल विश्वकपमा छनोट भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .