ad ad

समाज


एटीएम मेसिन फुटाएको आरोपमा पोखराबाट भारतीय युवक पक्राउ

एटीएम मेसिन फुटाएको आरोपमा पोखराबाट भारतीय युवक पक्राउ

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १२:३५, काठमाडौँ

कास्की प्रहरीले एटीएम मेसिन तोडफोडमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा भारतको बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

पसीले एटीएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .