ad ad

समाज


फेवाताल छेउका फुटपाथ हटाउँदै नगरप्रहरी, विदेशी माग्नेलाई सचेत गरायो

फेवाताल छेउका फुटपाथ हटाउँदै नगरप्रहरी, विदेशी माग्नेलाई सचेत गरायो

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १६:११, काठमाडौँ

पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्ने लाई सचेतना दिइएको छ।

फुट–ट्रयाकमा रहेका फुटपाथ व्यावसायीलाई आफ्नो व्यावसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेतना दिएका हुन्।

तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यावसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यावसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली, बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन्।

आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका हुन्। बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यावसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सिर्जना गरिएको आम–उपभोक्ताको गुनासो थियो।

सो गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिए।

पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामन नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामन नियन्त्रण गर्ने बताए।

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सिमित स्थान छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .