ad ad

समाज


काभ्रेमा ग्यास लिक भइ आगलागी हुँदा एक करोड बराबरको क्षति

काभ्रेमा ग्यास लिक भइ आगलागी हुँदा एक करोड बराबरको क्षति

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार ६:५३, काठमाडौँ

काभ्रेको बनेमामा ग्यास लिग भई आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। 

बिहीबार दिउँसो बनेपा नगरपालिका १३ पुरानो साँगा बस्ने बद्रिनाथ जोशीको ३ तले घरमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।   

सुरक्षाकर्मी, बनेपा, धुलिखेल र भक्तपुर नगरपालिकाका तीनवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो।  

आगलागीमा मानवीय र पशुचौपाया क्षति नभएपनि घरसहित त्यसभित्रका सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .