ad ad

समाज


सेफ्टी ट्यांकीमा निस्सासिएर चार मजदुरको मृत्यु

सेफ्टी ट्यांकीमा निस्सासिएर चार मजदुरको मृत्यु

नेपालखबर
असार १५, २०७६ आइतबार ०:५,

मोरङको सुनबर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा निर्माणाधिन सेफ्टी ट्यांकीमा निस्सासिएर चार मजदुरको मृत्यु भएको छ।

स्थानीय मर्कर मस्जिदको सेप्टी ट्यांकीको सेटिङ खोल्न ट्यांकीभित्र पसेका चार मजदुरको शनिबार साँझ निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए। सेफ्टी ट्यांकी १२ फिट गहिरो छ।

ज्यान गुमाउनेमा सुनबर्सी नगरपालिका–९ का ४५ वर्षीय मोहम्मद कपिल आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिब आलम र २० वर्षीय फिरोज आलम छन्। कपिल र सहनवाद बाबु छोरा हुन्।

‘सुरुमा एकजना एकजना भित्र पसेको देखिन्छ,’ डिएसपी श्रेष्ठले भने, ‘अक्सिजनको कमीले उनी निस्सासिएर भित्रै ढलेपछि बाँकी अरु क्रमस पसेको देखिन्छ।’

एकले अर्कोलाई बचाउन जाँदा अक्सिजनको कमीले चारै जनाको मृत्यु भएको श्रेष्ठले बताए।

स्थानीयका अनुसार सेटिङ खोल्न सबैभन्दा पहिला सहनवाद आलम सेफ्टी ट्यांकीभित्र छिरेका थिए। भित्र छिर्नासाथ उनलाई बचाउन सोवित छिरे।

उनी पनि ढलेपछि फिरोज छिरेका स्थानीय मुस्लिम अगुवा महताव आलमले जानकारी दिए। तीनै जना भित्रै ढलेपछि सबैभन्दा अन्तिममा कपिल छिरेका थिए।

अक्सिजनको कमीले चारैजना ट्यांकीभित्रै ढलेको अवस्थामा फेला परेपछि उनीहलाई उपचारका लागि विराटनगर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा विरामी परेका दाउत मियाँ भने रंगेली अस्पतालमा उपचारपछि घर फर्केका छन्।

एक महिनाअघि चारैतिर बन्द गरेर हावा पास हनु नसक्ने गरी मस्जिदको ट्यांकीको ढलान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .