ad ad

समाज


घरमा आगो लाग्दा ७३ वर्षीया वृद्धाको मृत्यु

घरमा आगो लाग्दा ७३ वर्षीया वृद्धाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०८० आइतबार ५:५४, झापा

झापाको अर्जुनधारा नगरपालिका–१० मा घर आगलागी हुँदा ७३ वर्षीया दिलकुमारी राईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको बाँसको टाटी र टिनको छानो भएको घरमा शुक्रबार राति अचानक आगलागी भएको हो।

राति ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए।

आगलागीमा परी राईको घटनास्थलमै मृत्यु भएको छ भने उनका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते भएको रिजालले जानकारी दिए।

आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको थियो। घाइतेलाई उपचारका लागि शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ।

आगलागीका कारण थाहा हुन सकेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .