ad ad

समाज


कालीमाटीमा फूलकाे व्यापार (तस्बिर)

कालीमाटीमा फूलकाे व्यापार (तस्बिर)

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १४:१०, काठमाडौँ

नेपालमा तिहारको बेला फूलको कारोबार धेरै हुन्छ। तिहारमा पनि लक्ष्मीपूजा र भाइटीकाको दिन फूलको खपत बढी हुन्छ। 

आज लक्ष्मीपूजा। मानिसहरु साँझ गर्ने लक्ष्मीपूजाको तयारीमा जुटिसकेका छन्। काठमाडौँमा बजारमा यतिबेला लक्ष्मीपूजा र भाइटीकाको लागि फूल किन्ने र बेच्नेको घुँइचो छ। 

काठमाडौँको कालीमाटीमा ठूला व्यापारीले मात्र होइन, किसानलेसमेत आफूले उत्पादन गरेको फूल बिक्री गर्न ल्याएका छन्। काठमाडौँ, ललितपु, भक्तपुर, काभ्रे, धादिङ, मकवानपु, सिन्धुपाल्चोक, सिन्धुली, चितवन लगायतका जिल्लाबाट यस वर्ष काठमाडौँमा धेरै फूल भित्रिएको छ। 

गएराति कालीमाटीको सडकमा फूल बेच्दै गरेका सिन्धुपाल्चोकका रामहरी पौडेलले यस वर्षको तिहारमा काठमाडौँमा सोचेभन्दा धेरै फूल भित्रिएको बताए। 

‘चारैतिरबाट काठमाडौँमा फूल आएकाले विगतका वर्षभन्दा यस वर्ष भाउ घटेको छ,’ उनले भने, ‘कालीमाटीमा यस वर्ष नेपाली फूल धेरै आएको छ।’ 

उनले अहिलसम्म आफूले तीन हजार तयारी माला बेचेको बताए। 

दसैँपछिको नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार आजबाट विधिवत् रुपमा सुरु भएको छ। तिहार सुरु भएसँगै बजारमा फूलको कारोबार पनि बढेको छ। 

फूलखेती गरेका कृषकहरू फूल टिप्ने, माला गाँस्ने र बजारसम्म पु¥याउने कार्यमा व्यस्त देखिन्छन्। काठमाडौं लगायतका सहरका मुख्य बजारमा यतिबेला फूल किन्ने र बेच्नेको भ्याइनभ्याइ देखिन्छ। 

काठमाडौंमा भने नजिकैका क्षेत्रबाट फूलहरू खरिद गर्ने गरिन्छ। उपत्यकाका स्वयम्भु, इचंगुनारायण लगायत क्षेत्रमा फूल खेती गरिन्छ।

शनिबार दिउँसो इचंगुनारायण पुग्दा त्यहाँ कृषकहरू फूल टिप्ने र बजारसम्म पु¥याउने कार्यमा व्यस्त थिए। 

हेर्नुहाेस् तस्बिरहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .