राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।
राष्ट्रपति पौडेलले टीकाका लागि उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ।
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ। सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह पूजा गरी मनाइँदै छ।
108
Shares
प्रतिक्रिया