ad ad

समाज


भक्तपुरमा तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
मंसिर १, २०८० शुक्रबार ६:५, काठमाडौँ

भक्तपुरमा तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली चोकमा ना ७ ख ४७७४ नम्बरको ट्यांकरले  बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ ठूलो सिरूवासी घर भई सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका पुरीलाई उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए।

दुर्घटनापछि ट्यांकर चालक बलेफी गाउँपालिका-२ बस्ने ४५ वर्षीय तुलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .