ad ad

समाज


पश्चिमी क्षेत्रमा पश्चिमी वायु र कोशी प्रदेशमा बंगालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव

पश्चिमी क्षेत्रमा पश्चिमी वायु र कोशी प्रदेशमा बंगालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर १, २०८० शुक्रबार ७:५९, काठमाडौँ

हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यतिबेला (शुक्रबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। 

पहाडी भूभाग भए पनि काठमाडौँ उपत्यकाको मौसम भने आज सामान्यतया सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। यसैबीच आज बिहान ५४५ बजेको मापअनुसार उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस देखिएको जानकारी पनि उनले दिएको आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८४५ बजे सार्वजनिक हुनेछ। जतिबेला देशका अन्य विभिन्न स्थानका न्यूनतम तापक्रम विवरण पनि उल्लेख गरिनेछ। 

महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .