ad ad

समाज


आईडीएफले यो भिडिओ सार्वजनिक गर्दै भन्यो- हमासले विपिन जोशीलाई पनि त्यहीँ लगेको थियो

आईडीएफले यो भिडिओ सार्वजनिक गर्दै भन्यो- हमासले विपिन जोशीलाई पनि त्यहीँ लगेको थियो

नेपालखबर
मंसिर ४, २०८० सोमबार ९:५२, काठमाडौँ

इजरायलमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लाग्न नसकिरहेको अवस्थामा इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एउटा भिडिओ सार्वजनिक गर्दै उनी हमासको अपहरणमा परेको जानकारी दिएको छ। 

प्यालेस्टिनी लडाकु समूह हमासले गत अक्टोबर ७ तारिखका दिन इजरायलमा आक्रमण गर्दाको भिडिओ सार्वजनिक गर्दै आईडीएफले भनेको छ, ‘यो नरसंहारका दिन ७ अक्टोबर २०२३ को बिहान १०:४२ बजेदेखि ११:०१ बजको बीचमा शिफा अस्पतालको दस्तावेज हो, जसमा बन्धकहरू, एक नेपाली र एक थाई नागरिकलाई इजरायली क्षेत्रबाट अपहरण गरेर लगिएको थियो। हमासका सशस्त्र ‘आतंकवादी’ले घेरा हालेका थिए। एकजना बन्धक घाइते छन् र उनलाई अस्पतालको बेडतर्फ लगिँदै छ र अर्का हिँडिरहेका छन्।’

हेर्नुहोस् भिडिओ-

तर हाल उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुराको जानकारी भने दिइएको छैन। 

यसैबीच इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले पनि अक्टोबर ७ का दिन दक्षिणी इजरायलको किबुत्ज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको जानकारी दिइएको तर उनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको जनाएको छ। 

हालसम्म पनि सम्पर्कविहीन जोशी सम्पर्कविहीन नै रहेको र खोजी जारी रहेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .