टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदन सुनुवाइ गर्न आज (मंगलबार) का लागि पुन: पेसी तोकिएको छ।
उक्त निवेदन सुनुवाइका लागि सर्वाेच्चका न्यायाधीश न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको हो।
हिजो उक्त निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा पहिलो नम्बरमै पेसी चढेको भए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो।
शारदा कडायत, मन्धरादेवी विष्टलगायतले कात्तिक २१ गते दिएको निवेदन पटकपटक पेसीमा चढिसकेको भए पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए।
२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए।
रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
उक्त रिटको सुनुवाइमा ढिलाइ भएकाले प्राथमिकता दिन माग राखी उनले थप निवेदन पनि दिएकी छन्।
Shares
प्रतिक्रिया