ad ad

समाज


तनहुँमा सात हजारमा डेंगी संक्रमण

तनहुँमा सात हजारमा डेंगी संक्रमण

नेपालखबर
मंसिर ६, २०८० बुधबार ५:३८, तनहुँ

तनहुँमा डेंगी संक्रमितको संख्या सात हजार ९५ पुगेको छ। केही महिनाअघि फैलिएको डेंगी अझै नियन्त्रणमा आउन सकेको छैन।

डेंगीका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरूमा बिरामीको चाप दैनिक बढ्दै गएको छ।

दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेंगी संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।

उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेंगीबाट संक्रमित छन्।

१४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं २ मा एक हजार तीन सय ९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३ मा छ सय ५२ तथा वडा नं ५ मा दुई सय ७२ डेंगी संक्रमित छन्।

त्यसैगरी व्यास–१० मा दुई सय छ, वडा नं ११ मा एक सय ७५, वडा नं ६ मा ९६, वडा नं १३ मा ९१, वडा नं ९ मा ८३, वडा नं ७ मा ७९, वडा नं १२ मा ७४, वडा नं १४ मा ३७ र वडा नं ८ मा १४ डेंगी संक्रमित छन्।

चाडपर्वको समयमा डेंगी सङ्क्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए।

डेंगीबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन्।

लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए। चिकित्सकको परामर्शअनुरूप औषधी सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .