ad ad

समाज


सर्लाहीमा स्कुल बसको ठक्करबाट एलकेजीमा पढ्ने बालकको मृत्यु

सर्लाहीमा स्कुल बसको ठक्करबाट एलकेजीमा पढ्ने बालकको मृत्यु

नेपालखबर
मंसिर ६, २०८० बुधबार ५:५७, सर्लाही

सर्लाहीको हरिपुरमा स्कुल बसको ठक्करबाट एलकेजीमा पढ्ने ६ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार साँझ हरिपुर नगरपालिका ८ जुटपानीमा भएको घटनामा स्थानीय वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बालक लालबन्दी १ नबलपुरस्थित जेआईसी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। 

जेआईसी स्कुलकै ना २ क ११० नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो। 

स्कुलबाट घर फर्किएका बालकलाई आफू चढेर आएकै बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारको लागि महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

दुर्घटनापछि प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .