पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका मकवानपुरका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ।
बाघको आक्रमणबाट मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका– १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेल रहेका छन्।
आज बिहान करिब सवा १० बजेको समयमा मकवानपुरको मनहरी गाउँपलिका– ६ खयरघारी गाउँबाट करिब २ किलोमिटर दक्षिण तर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न गएको बेला पौडेललाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
बाघको आक्रमणबाट पौडेलको मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटिएको उपरिक्षक भण्डारीले जानकारी दिए।
39
Shares
प्रतिक्रिया