ad ad

समाज


२ हवल्दारसहित २६ प्रहरी सम्पर्कविहीन

२ हवल्दारसहित २६ प्रहरी सम्पर्कविहीन

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०८० आइतबार ७:३८, काठमाडौँ

एक महिनाभन्दा लामो समयदेखि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्। 

२ हवल्दारसहित २६ प्रहरी विगत एक महिनादेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

नक्सालस्थित प्रहरी महनिरीक्षकको सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सम्पर्कमा नरहेका २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवानलाई एक साताभित्र सम्पर्कमा आउन भनेको हो।

उनीहरु एक महिनाभन्दा  बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको सूचनामा उल्लेख छ।

उनीहरुको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 
हेर्नुहोस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .