ad ad

समाज


आजदेखि काठमाडौँमा द्रुत बस सेवा पुनः सुरु हुँदै

आजदेखि काठमाडौँमा द्रुत बस सेवा पुनः सुरु हुँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०८० आइतबार ८:४६, काठमाडौँ

दसैँपछि रोकिएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ।

११ वटा बस थपेर पुनः सेवा सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरीमा गएको असोज ३ गते (संविधान दिवसका दिन) देखि सरकारले द्रुत बस सेवा सुरु गरेको थियो। त्यतिबेला २५ वटा बसबाट सुरु गरिएको यो सेवामा ११ वटा बस थप गर्ने तयारी छ।

सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै आजदेखि पुनः द्रुत बस सञ्चालन गर्न लागिएको सरकारले जनाएकाे छ।

अब हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ चार बजेदेखि ६ बजेसम्म रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो हुँदै सूर्यविनायकसम्म द्रुत बस सञ्चालन हुनेछ। 

द्रुत बसमा चढ्न र ओर्लनका लागि १९ स्थानमा बस स्टप रहनेछ। 

द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए। 

राजधानी काठमाडौँको सडकमा जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले सरकारले द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो।

रत्नपार्कदेखि सूर्यविनायकसम्म सामान्य बसमा यात्रा गर्दा डेढदेखि २ घण्टा लाग्ने गर्छ। द्रुत बसले भने रत्नकपार्कदेखि सूर्यविनायकसम्म ४५ मिनेटमै पुर्‍याउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .