ad ad

समाज


काभ्रेको रोशीतर्फ गएको हेलिकप्टर फर्कियो, ठूलो जनधनको क्षति भएको आशंका

विद्युत् र सञ्चार अवरुद्ध
काभ्रेको रोशीतर्फ गएको हेलिकप्टर फर्कियो, ठूलो जनधनको क्षति भएको आशंका

नेपालखबर
असोज १२, २०८१ शनिबार १९:७, काठमाडौँ

काभ्रेको रोशी गाउँपालिकामा ठूलो जनधनको क्षति भएको प्रारम्भिक सूचना प्रहरीलाई आएको छ। काभ्रेकी प्रहरी प्रमुख एसपी बसुधा खड्काका अनुसार विद्युत् र सञ्चार अवरुद्ध हुँदा क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको हो। 

केही मानिसहरू पहिरोमा फसिरहेको सूचना पाएलगत्तै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ पठाइएको थियो। यद्यपि, मौसम खराब भएपछि हेलिकप्टर पनि ल्याण्ड हुन नसकेको एसपी खड्काले नेपालखबरलाई बताइन्। 

‘एक हिसाबले रोशी सम्पर्कविहीनजस्तै बनेको छ,’ एसपी खड्काले शनिबार साँझ भनिन्, ‘हामीले पनि त्यहाँबाट यकिन जानकारी पाउन सकेका छैनौँ। ठाउँठाउँमा पहिरो गएको र जनधनको क्षति भएको खबर आएको छ। तर अहिले हामी त्यहाँ पुग्नसक्ने अवस्था छैन।’

शनिबार दिउँसो सामाजिक सञ्जालमा भेटिएका केही भिडिओहरूमा सोही गाउँपालिकामा पर्ने नार्के बजारका केही घरहरू बाढीले बगाएको देखिन्छ। 

उक्त घरहरूमा भएका क्षतिका विवरणहरूबारे कुनै जानकारी आएको छैन। केही मानवीय क्षति भएको खबर प्रहरीले पाएको भएपनि यकिन विवरण भने जुटाउन सकस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .