सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ।
मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बीओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरुले बोकेको कपडाको पोका सोही ठाउँमा छाडी फरार भएपछि सो पोका चेक जाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको हो।
बरामद कटुवा पेस्तोल तथा गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाईएको एपीएफले जनाएको छ।
42
Shares
प्रतिक्रिया