ad ad

समाज


सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन

सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन

फाइल फोटो


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १३:५३, काठमाडौँ

काठमाडौं महानगरले सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन भनेको छ। केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम अध्ययन गराएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्वीकृत गरेका पुस्तक अध्ययन गराउन आग्रह गरेका छन्।

‘केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र पाठ्यपुस्तक किन्नका लागि विद्यार्थीलाई बाध्य गरेको गुनासोप्रति काठमाडौं महानगरको ध्यानकर्षण भएको छ,’ सबै विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र पठनपाठनको व्यवस्था गर्न सूचित गरिन्छ।’

विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .