रसुवामा छोराले लाठी प्रहार गरेर बुवाको हत्या गरेका छन्।
रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका(५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काएर हत्या गरेका हुन्।
परीक्षणका लागि शव रसुवा अस्पताल पु¥याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
69
Shares
प्रतिक्रिया