ad ad

समाज


आज काठमाडौँको मौसम किन धुम्म?

आज काठमाडौँको मौसम किन धुम्म?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २१, २०८० बिहिबार १०:२, काठमाडौँ

आज (बिहीबार) बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम धुम्म छ अर्थात् घाम देखिएको छैन।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको आधाभन्दा बढी आकाश बादलले ढोकेको छ भने तल तुवाँलो लागेको छ। 

‘पश्चिमी वायु र भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण काठमाडौँ उपत्यकाको मौसम बदली भएको हो’, उनले भनिन्। 

उनका अनुसार आज काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना कम छ। ‘दिउँसोतिर थोरै सयम घाम देखिनसक्छ’, उनले भनिन्, ‘तर आज दिनभर काठमाडौँ उपत्यकाको आकाश खुला, छ्याङ्ग हुँदैन।’

तर आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ। 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस छ। राति आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम केही मात्रामा बढ्ने मौसमविद् नगरकोटीले बताइन्। 

यस्तै आज काठमाडौँ उपत्यकाको भिजिबिलिटी (पारदर्शीता) ३५ सय मिटर रहेको जानकारी पनि उनले दिइन्।

‘यो भनेको यतिबेला काठमाडौँ उपत्यकामा पातलो तुवाँलो लागिरहेको छ’, उनले भनिन्। 

मौसमविद्का अनुसार काठमाडौँ उपत्यकामा यत्तिको भिजिबिलिटी हुनु सामान्य हो। यसले कुनै पनि किसिमका यात्रामा असर पार्दैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .