ad ad

समाज


बर्दियाबाट साढे तीन सय ग्राम सुनका गहनासहित दुईजना समातिए

बर्दियाबाट साढे तीन सय ग्राम सुनका गहनासहित दुईजना समातिए

नेपालखबर
मंसिर २४, २०८० आइतबार १८:१२, काठमाडौँ

प्रहरीले बर्दियाबाट स्रोत नखुलेको साढे ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले शनिबार साँझ साढे ६ बजे बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ राँझा बस्ने २९ वर्षीय मोहन विक र बाँकेको डुडुवा गाउँपालिका-२ घर भई त्यही गाउँपालिका-५ मा बस्नै ३८ वर्षीय देविन्द्रबहादुर घर्तीलाई पक्राउ गरेको हो।

स्रोत नखुलेका सुनका गरगहनासहित प्र-३-०१-०२३ ८१६८ नम्बरको हुण्डाई गाडीमा सवार रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय मोतिपुर, ईलाका प्रहरी कार्यालय बगनाह र प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको संयुक्त टोलीले बारबर्दिया नगरपालिका-९ कतर्नियाघाटस्थित चेकप्वाईन्टबाट विकलाई समातेको हो। 

चेकजाँचका क्रममा विकलाई सुन जस्तो देखिने पहेँलो पदार्थ ३४७.०७१० ग्रामसहित र प्र ३-०१-०२३ ८१६८ नम्बरको हुण्डाई गाडी धनी घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .