भोलि (सोमबार) बाला चतुर्दशी। मंसिर महिनाको कृष्ण चतुर्दशीमा देशका विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाइन्छ।
काठमाडौँको पशुपति मन्दिरमा आइतबार साँझदेखि नै मानिसहरूको भीड लागेको छ। सोमबार बिहान सतबीज छर्नका लागि मानिसहरू बत्ती बालेर जाग्राम बसेका छन्।
पशुपति क्षेत्रमा बत्ती बाल्ने मान्छेहरूको भीड बढेसँगै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। बाला चतुर्दशीलाई विशेषगरी सनातन हिन्दु धर्म अन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ।
प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ।
यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ।
66
Shares
प्रतिक्रिया