पश्चिमी वायुको प्रभावको कारण यतिबेला देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था छ।
आज (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना छ।
आज तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। जसको कारण तराई मधेशका जिल्लामा चिसो बढेको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। तराईका भू-भागमा भने दिउँसो मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।
वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
Shares
प्रतिक्रिया