काठमाडाैंस्थित भारतीय दूतावासले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक कार्यक्रम आयाेजना गरेकाे छ।
दूतावासले आईएमएफ सारट्याक्स र भारतीय अर्थमन्त्रालयका प्रतिनिधिहरूलाई सम्मलित सहभागी गराएर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरकाे विषयमा कार्यक्रम गरेको हो।
उक्त कार्यक्रम युएनडीपी नेपाल र एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) सँग सहकार्य गर्दै नेपाल राष्ट्र बैंकको सहयोगमा आयोजना गरिएको हो।
उक्त कार्यक्रममा नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि थिइन्। कार्यक्रममा भारतीय राजदूतावाससँग साझेदारी गर्दै नेपाली उद्योग परिसंघले उद्योगको प्रतिनिधित्व गरेको थियो।
मन्त्री शर्माले डिजिटल प्रविधि अपनाउने नेपालको प्रतिबद्धतालाई जोड दिँदै प्रविधिको क्षेत्रमा सहकार्य गर्न भारत र नेपालका अधिकारीहरुलाई सुझाव दिइन्।
कार्यक्रममा बोल्दै सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरका सहअध्यक्ष तथा युआइडिएआइका पूर्व आर्किटेक्ट डा. प्रमोद वर्माले युनिफाइड पेमेन्ट इन्टरफेस, डिजि यात्रा, करका लागि डिपिआई, अकाउन्ट एग्रिगेटर र डिजिटल कर्मशका लागि ओपन नेटवर्क जस्ता भारतका केही उदाहरण दिँदै डीपीआईले दिगो एवम् समावेशी आर्थिक विकास सिर्जना गर्न खेलेको भूमिकाबारे चर्चा गरे।
युएनडीपी प्रमुख डिजिटल कार्यालयका कार्यवाहक डीपीआई प्रबन्धक बेन्जमिन बर्टलसनले आफ्नो प्रस्तुतिकरणमार्फत डीपीआईको अवधारणाबारे जानकारी दिए।
डीपीआईबारे भारतका उत्कृष्ट अभ्यास तथा अन्य विश्वव्यापी र क्षेत्रीय अनुभव बटुल्दै यस सेमिनारले नेपालका २०० भन्दा बढी सरकारी अधिकारी, उद्योग, स्टार्टअप, शिक्षाविद् र अन्य सरोकारवालाका लागि गरिएको डीपीआई प्रयोगका केही उदाहरणबारे विस्तृत जानकारी दिएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको जी–२० अध्यक्षतामा डिपिआई र डीपिआईको सिस्टमका लागि जी–२० ढाँचाको महत्वबारे प्रकाश पारे। यो ढाँचा एक स्वैच्छिक र डिपिआईका लागि सुझाइएको हो। राजदूत श्रीवास्तवले डिजिटल प्रविधिले कसरी देशहरुलाई विकास लक्ष्य हासिल गर्न मद्दत गर्ने बताए।
भारत–नेपाल डिजिटल कनेक्टिभिटीलाई विशेष महत्व दिँदै डिजिटल इकोनोमीमा नयाँपन दिनकार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम राष्ट्रिय याेजना आयाेगका प्रतिनिधिहरूकाे पनि सहभागिता रहेकाे दूतावासले जनाएकाे छ।
दूतावासका अनुसार , वाणिज्य सचिव, नेपाल सरकारका सहसचिव लगायत कार्यक्रमसँग सराेकार राख्ने व्यक्ति तथा संघ संस्था सहभागी थिए।
Shares
प्रतिक्रिया