ad ad

समाज


परराष्ट्र सचिव लम्साल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

परराष्ट्र सचिव लम्साल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेपालखबर
पुस ३, २०८० मंगलबार १६:५९, काठमाडौँ

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयकी नवनियुक्त सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन्।

राजदूत श्रीवास्तवले मंगलबार परराष्ट्र मन्त्रालयस्थित लम्सालको कार्यकक्षमा पुगेर संवाद गरेका हुन्। 

लम्साल परराष्ट्रसचिवमा नियुक्त भएपछि भारतीय राजदूतले पहिलो पटक भेटवार्ता गरेका हुन्।

भेटमा भारतीय राजदूतले परराष्ट्रसचिवमा नियुक्त भएकामा लम्साललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए।

भेटका अवसरमा दुईजनाबीच नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .