ad ad

समाज


२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउन बन्यो द्रुत कार्यतालिका

२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउन बन्यो द्रुत कार्यतालिका

नेपालखबर
पुस ४, २०८० बुधबार ९:३०, काठमाडौँ

मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको छ। 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौँ उपत्यकामा वितरण गर्ने जनाएका हुन्।

पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ। 

बाढी पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौँ उपत्यकामा पानी वितरण रोकेको छ। 

आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो। तर, पुस लाग्दासमेत पानी वितरण हुन सकेको छैन। 

सरकारी निकायको ढिलासुस्तीको कारण ६ महिनामा पनि पानी वितरण नभएपछि काठमाडौँमा चर्को विरोध हुन थालेको छ। 

मेलम्चीको पानी माग्दै रित्तो बाल्टी लिएर प्रदर्शनमा उत्रिए उपत्यकावासी

दुई दिनअघि उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो।

जनस्तरबाट भएको विरोधले समिति गम्भीर बनेको भन्दै पन्तले यसबाट आफूहरु गम्भीर बनेको जनाएका छन्। 

हेर्नुहोस् मेलम्ची खानेपानी विकास समितिले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .