भारतको दक्षिणी राज्य तमिलनाडुमा भारी वर्षासँगै आएको बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ।
ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिस सुरक्षित स्थानतर्फ जान बाध्य भएको राज्य सरकारी अधिकारीहरूले बताएका छन्।
यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो।
बीबीसी हिन्दीका अनुसार केही दिनदेखि तमिलनाडुमा परेको लगातारको वर्षा यही आँधीको परिणाम भएको बताइएको छ।
33
Shares
प्रतिक्रिया