वैदेशिक रोजगारीका लागि कतार पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई हाल काठमाडौं बौद्ध बस्ने वर्ष ३१ को भीमबहादुर तामाङ रहेका छन्।
उनले शुक्र बहादुर तामाङलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्छ, कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी पाँच लाख २५ हजार रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर माकलबारीबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया