ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा परी निधन भएका दुई युवकप्रति दशरथ रंगशालामा फुटबल समर्थकहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।
शनिबार जारी फाइनल खेल हेर्न रंगशाला पुगेका दर्शकहरूले प्ले कार्ड देखाउँदै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
बालकुमारीमा भएको प्रहरीसँगको झडपमा परी अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो।
ती दुई युवकहरूको तस्बिरसहित हार्दिक श्रद्धाञ्जली लेखेको प्लेकार्डसहित समर्थकहरूले रंगशालामा प्रदर्शन गरेका थिए।
651
Shares
प्रतिक्रिया