नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक तथा पूर्वअध्यक्ष वरिष्ठ पत्रकार गोकुल पोखरेलको सोमबार निधन भएको छ।
विहान १०:३० बजे काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार ८८ वर्षीय पोखरेल केही वर्षयता फोक्सो र मुटुको समस्याले ग्रस्त थिए।
राष्ट्रिय समाचार समितिको संवाददाताबाट सेवा प्रवेश गर्दै कायममुकायम महाप्रबन्धक बनेका पोखरेल गोरखापत्रको प्रधानसम्पादक पनि भएका थिए।
नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने पोखरेल मानव अधिकार आयोगको सदस्य समेत भएका थिए।
उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
उनी पूर्वीय दर्शनका प्रख्यात विद्वान तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका साइँलो छोरा थिए। उनका एक श्रीमती, दुई छोरी र एक छोरा छन्।
नेपाली पत्रकारितासँगै पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा उनको योगदान उल्लेखनीय छ।
नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पोखरेलको निधनमा शोक व्यक्त गर्दै उनीप्रति श्रध्दाञ्जली अर्पण गरेका छन्।
Shares
प्रतिक्रिया