फेसबुक लगायत सामाजिक सञ्जालमा कामदारको माग गर्दै विज्ञापन पोष्ट गरी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका २ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्।
प्रहरीका अनुसार राईले काठमाडौंको चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका विभिन्न स्थानहरूमा भिजन डिपार्टमेन्ट प्रालि सञ्चालन गरेका थिए।
विभिन्न कम्पनीहरूमा मासिक ५० हजार भन्दा बढी तलब हुन्छ भनि विभिन्न किसिमका सिपमुलक तालिम प्रदान गरी नोकरी लगाई दिने प्रलोभनमा पारेका थिए। प्रतिव्यक्ति १ लाख १३ हजारका दरले १५ जनाबाट १६ लाख ९५ हजार रकम लिई तालिम समेत नदिई उनी कार्यालय नै बन्द गरी सम्पर्कविहीन भएका थिए।
राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–५ चपली हाईटको घुम्तीबाट पक्राउ गरेको हो। उनीमाथि आवश्यक कारबाहीका लागि प्रहरी वृत गैशाला पठाइएको छ।
Shares
प्रतिक्रिया