ad ad

समाज


बमजनको घरबाट बरामद मुद्रा १५ देशका, डलरदेखि डेनिस क्रोनर र मलेसियन रिंगेटसम्म

बमजनको घरबाट बरामद मुद्रा १५ देशका, डलरदेखि डेनिस क्रोनर र मलेसियन रिंगेटसम्म

नेपालखबर
पुस २५, २०८० बुधबार १२:४५, काठमाडौँ

मंगलबार साँझ काठमाडौंको हात्तीगौंडास्थित घरबाट पक्राउ परेका आफूलाई लिटिल बुद्ध बताउदै रामबहादुर बमजनको घरबाट प्रहरीले १५ देशको मुद्रा बरामद गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार बमजनको घरबाट ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको १४ देशका विदेशी मुद्रा बरामद भएका छन्। 

त्यसैगरी सीआईबीको टोलीले घरमा खानतलासीका क्रममा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ पनि बरामद गरेको छ।

बमजनको घरबाट नेपाली र विदेशीसहित जम्मा ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद भएको सीआईबीले जानकारी दिएको छ। 

बरामद मुद्रा
अस्ट्रेलियन डलर 

भुटानी मुद्रा
चिनियाँ युआन
कोलम्बियन
डेनिस क्रोनर 
युरो 
इन्डोनेसियन रुपैयाँ
इजरायली मुद्रा
मलेसियन रिंगेट
साउदी अरेबियन रियल
सिंगापुर डलर
थाई भाट
युएई दिराम
अमेरिकी डलर 
नेपाली रुपैयाँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .