संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न साधारण सभाले अर्याललाई अध्यक्षमा निर्वाचित गरेको हो।
अर्यालसँगै अध्यक्षमा रुद्र शर्मा र अनन्तराज लुइँटेलले पनि उम्मेदवारी दिएका थिए। अर्यालले सर्वाधिक मत प्राप्त गरेका हुन्।
अर्यालले सार्वजनिक सरोकारका रिटमार्फत् विधिशास्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। उनी संवैधानिक मामिलाका अलावा मानव अधिकार, सार्वजनिक सरोकार तथा सार्वजनिक सम्पत्ति संरक्षणका अभियानमा पनि कहलिएका छन्।
मञ्चको महासचिवमा लीलाधर उपाध्याय सर्वसम्मत भएका छन्।
यस्तै, उपाध्यक्षमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा रोशन पोखरेल चयन भए। कार्यसमिति सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवन जयसवाल निर्वाचित भएका छन्।
करिक दुई दशक पुरानो यस संस्थामा निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुन्छ।
Shares
प्रतिक्रिया