ad ad

समाज


धरानका मेयरले स्वास्थ्यमन्त्रीलाई भने : बीपीका उपकुलपति कार्कीलाई तत्काल उपस्थित गराइदिनू

धरानका मेयरले स्वास्थ्यमन्त्रीलाई भने : बीपीका उपकुलपति कार्कीलाई तत्काल उपस्थित गराइदिनू

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८० मंगलबार १४:१४, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई तत्कालन उपस्थित गराइदिन भनेका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई मंगलबार एक पत्र पठाउँदै केही दिनदेखि सम्पर्कबाहिर रहेका उपकुलपति कार्कीलाई उपस्थित गराइदिन भनेका हुन्। 

उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक नराखेको, शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन नगरी लुकेर बसेको जनाएका छन्।

प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जथाभावी जिम्मेवारीबाट हटाएर अराजक व्यवहार देखाएको आरोप पनि साम्पाङले उपकुलपतिमाथि लगाउका छन्। 

‘प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भइरहेको हुँदा तत्काल प्रतिष्ठानको कामयमुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई तुरुन्त उपस्थित गराइ हाल देखिएको समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिन आवश्यक कारबाही अघि बढाइदिन अनुरोध छ,’ साम्पाङले भनेका छन्। 

साम्पाङले सोमबार मात्रै उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाइदिएका थिए। यदि उक्त ताला खोल्ने चेस्टा गरिएमा नराम्रो हुने चेतावनी पनि उनले दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .