ad ad

समाज


सामाजिक उत्तरदायित्वको भावना भएका चिकित्सक उत्पादनमा खड्काको जोड

सामाजिक उत्तरदायित्वको भावना भएका चिकित्सक उत्पादनमा खड्काको जोड

नेपालखबर
माघ ५, २०८० शुक्रबार १७:४१, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक उत्तरदायित्वको भावना भएका चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादनमा जोड दिएका छन्।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण गर्दै उनले सामाजिक उत्तरदायित्वको भावनाले अभिप्रेरित आवश्यक दक्ष जनशक्तिका उत्पादन गर्न भनेका हुन्।

संस्थानलाई चिकित्सा शिक्षा अध्ययनको लागि देशकै उत्कृष्ट मेडिकल कलेजको रूपमा स्थापित गर्न आगामी दिनमा यहाँका प्राध्यापक, कर्मचारी तथा सकल दर्जाले थप प्रयास गर्ने विश्वास पनि उनले व्यक्त गरे। यस संस्थानले नेपाली सेनालाई मात्र नभई समग्र राष्ट्रलाई नै आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान गरिरहेको उनको भनाइ थियो। 

निजी क्षेत्रको सेवा अत्यधिक महँगो भएकाले सरकारी र सामुदायिक स्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्राथमिक दायित्व भएको उनको भनाइ थियो।

कार्यवाहक प्रधानमन्त्री खड्काले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र सर्वसाधारणले सर्वसुलभ सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड तथा डेँगीको प्रकोपका क्रममा स्पष्ट भइसकेको बताए। यस कुरालाई हृदयंगम गरी सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनले दाबी गरे।

मुलुकमा स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सा अध्ययन संस्थानहरूको संख्यात्मक वृद्धिसँगै तिनको अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको भन्दै उनले गुणस्तरमा कुनै सम्झौता नगरी अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा निरन्तर ध्यान दिन सुझाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .