ad ad

समाज


दार्चुलामा दुई प्रहरीमाथि चक्कु प्रहार, आरोपी जंगलतिर भागे

दार्चुलामा दुई प्रहरीमाथि चक्कु प्रहार, आरोपी जंगलतिर भागे

चक्कु प्रहारबाट घाइते प्रहरी


नेपालखबर
माघ ७, २०८० आइतबार १९:११, काठमाडौँ

दार्चुलामा ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार भएको छ।

आइतबार महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवरले दुईजना प्रहरीमाथि चक्कु प्रहार गरेका हुन्। 

आइतबार दिउँसो ड्युटीमा खटिएका हवलदार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार भएको हो। 

चक्कुले लागेर ठगुन्ना गम्भीर घाइते भएका छन्। खड्कालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चक्कु प्रहार गर्ने कुँवरले पत्नीलाई कुटपिटसहित घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। 

त्यसपछि सामुदायिक प्रहरी बांगाबगरबाट दुईजा प्रहरी कुँवरलाई पक्राउ गर्न खटिएका थिए। 

तर उमेशले प्रहरीलाई देख्नेबित्तिकै चक्कु बोकेर लखेट्न थाले। घरमा पुगेको प्रहरी कुँवरकी पत्नीलाई जोगाउन जुटेको थियो। त्यसक्रममा कुँवरले प्रहरीमाथि नै चक्कु हानेका हुन्। 

चक्कु हानेपछि उमेश भागेर जंगलतिर छिरेका थिए। अहिले उनको खोजी भइरहेको दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। 

 केही महिनाअघि मात्रै बिहे गरेका उमेशले पत्नीलाई निरन्तर कुटपिट गर्ने गरेको भन्दै उजुरी आएको थियो। कुटपिट भएको थाहा पाएपछि उमेशकी पत्नीको माइती पक्ष प्रहरीमा पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .