ad ad

समाज


रसियन सेनामा भर्ती भएका राजन तीन महिनादेखि बेपत्ता

रसियन सेनामा भर्ती भएका राजन तीन महिनादेखि बेपत्ता

नेपालखबर
माघ ११, २०८० बिहिबार १३:३४, काठमाडौँ

रसियन सेनामा भर्ती भएका सुनसरीको बराहक्षेत्रका एकजना युवक तीन महिनादेखि बेपत्ता भएका छन्।

गत कात्तिक महिनामा काठमाडौंका भरत केसीमार्फत रसिया पुगेका ३१ वर्षीय राजन राउत सेनामा भर्ना भएका  थिए।

रसियन सेनामा भर्ना भएपछि उनलाई युक्रेसँग युद्ध लड्न पठाइएको थियो। तर युक्रेनी सेनासँग लड्न पठाएयता बराहक्षेत्र नगरपालिका-६  बांगे निवासी राउत बेपत्ता रहेको उनको परिवारले जनाएको छ। 

परिवारका सदस्यले राजन युक्रेनसँगको युद्धमा गएको सुने पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै खबर आउन सकेको छैन। 

परिवारका सदस्यहरूले राजनको खोजीका लागि सरकारसँग पनि गुहार मागेका छन्। 

'युक्रेनसँगको युद्धमा पठाइएको खबर सुने पनि हालसम्म घरपरिवार लगायत कसैसँग उनी सम्पर्कमा छैनन्', परिवारका एक सदस्यले भने, 'उनलाई रसियामा रहेका तथा कसैसित सम्पर्कमा भएमा खबर गरिदिन भनेका छौँ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .