ad ad

समाज


पोल्यान्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एकजना पक्राउ

पोल्यान्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एकजना पक्राउ

नेपालखबर
माघ १५, २०८० सोमबार १५:३९, काठमाडौँ

वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौंको हाँडीगाउँ बस्ने वर्ष ४३ को ग्रिस विलास जोशी रहेका छन्।

ग्रिसले सुस्मिता थापालाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्छ, पोल्यान्ड पुगेपछि प्रतिष्ठित होटलमा वेटर काम लगाइदिन्छु, मासिक दुई लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।

पीडितबाट पटक पटक गरी ६ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार जमलबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .