आज (मंगलबार) देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन्।
सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै सरकारी कार्यालय खुला रहने समय निर्धारण गरेको थियो। आज (माघ १६) देखि आगामी कात्तिक १५ गतेसम्म अब सरकारी कार्यालय साँझ पाँच बजेसम्मै खुला रहनेछन्।
सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार माघ १६ देखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने उल्लेख छ।
आजदेखि शुक्रबारका दिन भने बिहान १० देखि अपराह्न ३ बजेसम्म मात्रै कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ।
सरकारी कार्यालयमा दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरिएको छ।
18
Shares
प्रतिक्रिया