ad ad

समाज


अमेरिकी राजदूतलाई मेयर शाहले भने : काठमाडौँलाई हलिउडसँग जोड्न सकिन्छ

अमेरिकी राजदूतलाई मेयर शाहले भने : काठमाडौँलाई हलिउडसँग जोड्न सकिन्छ

तस्बिर : विनय शाक्य


नेपालखबर
माघ १८, २०८० बिहिबार १६:४०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सनले भेटवार्ता गरेका छन्। 

प्रमुख शाहको कार्यकक्षमा बिहीबार भएको भेटघाटमा दुई पक्षबीच आपसी हितका विषयमा कुराकानी भएको छ।

भेटका क्रममा प्रमुख शाहले अमेरिकी सहयोगमा नेपालमा सूचना प्रविधि तालिम चलाउन सकिने बताएका छन्। त्यसो  भएमा अमेरिकाले नेपालबाट दक्ष जनशक्ति पनि पाउने उनले बताए। 

‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) तालिम चलाउन सक्छौँ। यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन्। नेपाली युवाहरूले आय आर्जन गर्न पाउँछन्’,  उनले भने, ‘यससँगै उनीहरू विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन्।’

युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको शाहले बताए।

‘यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतवासले सहजीकरण गरिदिने अपेक्षा गरेका छौँ’, उनले भने। 

भेटका क्रममा राजदूत थम्प्सनले यहाँका सिर्जनात्मक कार्यक्रमहरूमा सहभागी हुन तथा यस्ता कार्यक्रममा अमेरिकाबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्धका लागि सहजीकरण गर्न सकारात्मक रहेको बताए। 

नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने क्षेत्रगत प्रतिनिधि र कार्यक्रम महानगरपालिकासँग सम्बन्धित हुन सक्ने उनले बताए।

थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .