ad ad

समाज


निजी क्षेत्रका प्रतिनिधिले भने : बिनासूचना पक्राउ गरेर उद्योगीको मानमर्दन गर्न पाइँदैन

निजी क्षेत्रका प्रतिनिधिले भने : बिनासूचना पक्राउ गरेर उद्योगीको मानमर्दन गर्न पाइँदैन

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ १८, २०८० बिहिबार १८:२६, काठमाडौँ

निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योगी व्यवसायीमाथि बिनासूचना धरपकड गर्दा यसको दीर्घकालीन सन्देश राम्रो नहुने बताएका छन्।

बाँसबारी छालजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीजी ग्रुपका अरुण चौधरी पक्राउ परेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गरेका हुन्। 

 पत्रकार सम्मेलनमा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले समस्या भए सरकारले निजी क्षेत्रसँग कुरा गर्न सक्नुपर्ने बताए। 

'समस्या छन् भने त्यस्ता विषमा कुरा गर्न सक्नु पर्छ। यो प्रकरणमा अरुण चौधरी पक्राउ परेको सुन्दा म आत्तिएको थिएँ', उनले भने, 'यस्तै हुँदै जाने हो भने निजी क्षेत्रले कसरी काम गर्छ थाहा छैन। यो केसलाई चाँडोभन्दा चाडौ सुल्झाउनु पर्छ। यस्ता समस्या निजी क्षेत्रका पनि छन्। यस्तो हुने हो भने हामीले कसरी काम गर्ने?', उनले भने। 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारले व्यापारीलाई सोधपुछ गर्न पाउने बताउँदै तर हठात गरिएको धरपकड गलत रहेको बताए। 

'पक्राउन गर्नै नपाउने भन्ने होइन। सोधपुछ गर्नुपर्छ। दोषी छ की छैन भन्ने विषयमा उद्योगीले कुनै धारणा राखेको होइन। उद्योगी व्यवसयाीलाई जसरी एक्कासि पक्राउन गरिएको छ', उनले भने, बिनासूचना पक्राउ गरिएको छ। यसले प्रतिष्ठित व्यवसायीलाई यसरी पक्राउ गर्दा मानमर्दन हुन्छ। कुनै विषयको अनुसन्धान नहुँदै सुरुमै पक्राउ गर्दा हाम्रो असहमति हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .